आफ्नै नातिनी बलात्कार गर्ने तरकारी बाजे थुनामा

<span class='c1'>आफ्नै नातिनी बलात्कार गर्ने</span> <span class='c2'>तरकारी बाजे थुनामा</span>

नेपालगन्ज असोज १२ । आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कोहलपुर नगरपालिकाका तरकारी बाजेलाई अदालतले पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको छ ।

आफ्नै १३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दैआएको अभियोगमा पक्राउ परेका तरकारी बाजेलाई जिल्ला अदालत बाँकेले थुनामा राख्न आदेश दिएको हो ।

समाचारका अनुसार तरकारी बाजे पक्षधर अधिवक्ताले पारिवारिक रुपमा आर्थिक वार्गेनिङका क्रममा बलात्कारको झुठो अभियोग लगाएको दाबी गर्दै धरौटीमा रिहा गर्न माग गरेका थिए भने नातिनी पक्षधर अधिवक्ताले भने यो आरोपको प्रतिवाद गर्दै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने तर्क गरेका थिए ।

अदालतमा बिहीबार सम्पन्न थुनछेक बहसपछि जिल्ला न्यायाधीश अनिलकुमार शर्माले थुनामा राख्न आदेश दिएको अदालतका तहसिलदार शाखा अधिकृत नारायण सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्