विराटनगरको सुप्रिम होटल स्कुलका विद्यार्थीले पकाए अनी मिठा परिकार खुवाए….

<span class='c1'>विराटनगरको सुप्रिम होटल स्कुलका विद्यार्थीले</span> <span class='c2'>पकाए अनी मिठा परिकार खुवाए….</span>

विराटनगर,१२ असोज ।
पछिल्लो समय होटल मेनेजमेन्ट तिर विद्यार्थीहरुको आर्कषण बढ्दो छ । होटल मेनेजमेन्टमा नै धेरै विद्यार्थीहरुले आफ्नो भविष्य पनि बनाईरहेका छन् । अहिले विराटनगरमा पनि होटल मेनेजमेन्टका स्कुल तथा कलेजहरु धमाधम खुलिरहेका छन् ।
विराटनगर १२ मा सुप्रिम होटल स्कुलले अहिले सम्म ४ वटा व्याचका विद्यार्थीहरु भर्ना गराई बिदाई गरिसकेको छ । यस्तै शुक्रबार सुप्रिम होटलका पाँचौ व्याजका विद्यार्थीहरुले प्रयोगात्मक अन्र्तगत ‘पाककला प्रदर्शन’ गरेका हो ।
१८ महिने होटल म्यानेजमेन्ट कोर्ष सञ्चालन गर्दै आएको सुप्रिमले स्कुलमा अध्ययनरत विद्यार्थीहरुले कोर्ष अन्र्तगत ‘पाककला’ प्रदर्शन गर्ने गरेको स्कुलले जनाएको छ । पाँचौ व्याचका विद्यार्थीहरुले शुक्रबार आफैले बनाएका परिकार निर्माण गरी विद्यार्थीका अविभावक, शिक्षक र आगन्तुक पाहुनाहरुलाई खुवाएका थिए ।
विद्यार्थीले चिकेन महारानी, पनिर, बटर मसला, मोती पुलाउ, जिरा राई, चेस्सी पोटाटो, सब्जी सुरुवा, वाल्र्डरफ सलाद लगायतका परिकार बनाएका थिए ।
विद्यार्थीहरुको १८ महिने कोर्ष अन्तरगते छ महिना पाठ्यक्रममा आधारित प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको स्कुलका एकेडेमिक डाइरेक्टर पुष्पराज पडालले जानकारी दिए । स्कुलले एक बर्ष ‘इन्टर्न’कालागि नेपाल, भारत, चाईना, थाईल्याण्ड, दुवई र मलेसिया जस्ता देशहरुमा पठाउँदै आएको स्कुलका डाइरेक्टर पडालले बताए ।
रोजगार मुलक अध्ययन भएकाले विद्यार्थीहरुको आर्कषण पनि पढदै गएको उनको भनाई छ । एसएलसी र एसईई डी र इ ग्रेटमा पास गरेका विद्यार्थीहरुले पनि यो विषय स्वतः अध्ययन गर्न सक्ने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्