गृहमन्त्रीले भने ‘देश टुक्र्याउन प्रयास गर्ने राष्ट्रघातीलाई कार्वाही हुन्छ’

<span class='c1'>गृहमन्त्रीले भने ‘देश टुक्र्याउन प्रयास</span> <span class='c2'>गर्ने राष्ट्रघातीलाई कार्वाही हुन्छ’</span>

विराटनगर, १४ असोज ।
गृहमन्त्री रामबहादुर थापाले देश टुक्र्याउन प्रयास गर्ने राष्ट्रघातीहरुलाई कारबाही गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई दण्डित गर्ने बताए । गृहमन्त्री थापाले सरकार मुलुकको स्वाधिनताको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने बताए । शान्ति सुरक्षा खल्बलाउने एवम् अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारबाही गरिरहेको समेत दाबी गरे ।
उहाँले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले आर्थिक समृद्धिका लागि कार्य गरिरहेको बताउँदै विगत छ महिनामा मुलुकमा शान्ति सुरक्षाको अबस्था सुदृढ भएको बताए । उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषदमा छलफलपछि सार्वजनिक गरिने बताए ।
गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रो कार्य गरिरहेकोले पराजित तथा विगतका षडयन्त्रकारीहरुले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्