काठमाडौं असोज १८। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर आज बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किँदै छन् । उनी महासभामा भाग लिनका लागि यही असोज ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनी महासभामा भाग लिएर कोस्टारिकाको भ्रमणमा गएकोमा पुनः अमेरिका हुँदै स्वदेश फिर्ता हुन लागेका हुन् ।
उनी विदेश भ्रमणमा भएकै बेलामा उनको पार्टी नेकपामा भने विवाद उत्पन्न भइरहेको छ ।