रानी प्रहरीलाई दशै लाग्यो, हरेक दिन सामान बरामद

<span class='c1'>रानी प्रहरीलाई दशै लाग्यो,</span> <span class='c2'>हरेक दिन सामान बरामद</span>

विराटनगर, १८ असोज । ईलाका प्रहरी कार्यालय रानीले विभिन्न समयमा बरामद गरेको अवैध लत्ता कपडा आज भन्सार बुझाएको छ । ईप्रका रानी, सिमा प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ७५ हजार मूल्य बराबरको लत्ताकपडा, गाडीको पर्टपूर्जा, खाद्यान्न र पुजा सामाग्री बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीको लागि आजै विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको ईलाका प्रहरी कार्यायलय रानीले जनाएको छ । केही दिन यता दशै नजिकिँदै गर्दा प्रहरीले सर्बसाधारणको सामानमा कडाई गर्न थालेका गुनासा बढेको छ । ईलाका प्रहरी कार्यालय रानीले सर्बसाधारणलाई थोरै घरायसी प्रयोजनामा ल्याईएका सामानमा कडाई गरेको सर्बसाधारणको आरोप छ । केही दिन अघिसम्म सहज रुपमा सामान ल्याउँदै गरेका सर्बसाधारणको लागि अहिले असहज बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्