विराटनगरमा आइसिटी एक्स्पो २०१८ आयोजना हुँदै

<span class='c1'>विराटनगरमा आइसिटी एक्स्पो</span> <span class='c2'>२०१८ आयोजना हुँदै</span>

विराटनगर, २० असोज । टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित बिराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेशन, सर्भिस र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हिसाबले आइसिटी एक्स्पोको आयोजना गर्ने भएको छ ।
नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले स्थानीयस्तरमा प्रविधिको प्रवद्र्धन, सचेतना र इनोभेसनका विविध पक्षलाई समेटेर एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश नम्बर १ लाई मुख्य आधार बनाएर गर्न लागिएको उक्त प्रदर्शनीमा एक सयभन्दा बढीको स्टल रहने आयोजकले जनाएको छ ।
विराटनगरस्थित जैन भवनमा पुस ६ देखि १० गतेसम्म आयोजना हुने कार्यक्रममा स्टार्टअप, आइटी उद्यमीहरुको समेत उल्लेख्य सहभागिता रहनेछ । स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरुसँगै सफ्टवेयर, एप्लिकेशन र इनोभेसनमा नयाँ प्रविधिको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
उक्त अवसरमा स्थानिय तहहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप समेत सञ्चालन हुनेछन् । एक्स्पोमा आइसिटी अवार्डका विजेताहरुले समेत नयाँ प्रविधिहरुको प्रदर्शन गर्नेछन । कार्यक्रमका लागि अहिले स्टल तथा स्पोन्सर बुकिङ खुला भएको आयोजकले जानकारी दिएको छ । काठमाडाैँ लगायत प्रदेश १ र २ का २ लाखभन्दा बढी मानिसहरुले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजकले विश्वास लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्