विराटनगरमा मृत्त भेटिएका एक पुरुषको तीन दिन सम्म पहिचान हुन सकेन

<span class='c1'>विराटनगरमा मृत्त भेटिएका एक पुरुषको तीन</span> <span class='c2'>दिन सम्म पहिचान हुन सकेन</span>

विराटनगर असोज २१ ,  शुक्रबार साँझ मृत्त अवस्थामा फेला परेको एक बद्ध पुरुषको शव तीन दिन सम्म पहिचान हुन सकेको छैन ।

विराटनगर महानगरपालिका १९ घिनाघाटमा मृत्यु भएको अवस्थामा भेटिएका  अन्दाजी ७० वर्षीय देखिने मधेसी मुलका पुरुषको शव फेला परेको थियो । मोरङ प्रहरीका अनुसार बेवारिसे अवस्थामा भेटिएका उनलाई स्थानीय बासिन्दाले सानो झुप्रो घर बनाएर डेढ वर्षदेखि स्याहार गर्दै आएका थिए । उनलाई स्थानीय बासिन्दाले खानेकुरा खुवाउने र हेरचाह गर्ने काम गर्दै आएका थिए ।

त्यही झुप्रो घर भित्र उनलाई मृत्त फेला पारिएको प्रहरीले जनाएको छ । चिनजानका र आफन्त कोही पनि फेला नपर्दा शवको पहिचान हुन नसकेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । शव कोसी अञ्चल अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्