विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ हुने

विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ हुने

विराटनगर, असोज २३

विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ आयोजना भएको छ  ।
बिराटनगर राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो । 

उक्त नाच भारतको गुजरात, राजस्थान लगायतका ठाउमा नाचिने उक्त नाच नेपालमा पनि लोकप्रिय रहेको छ ।

बिराटनगरको नमस्कार होटेलमा असोज २७ गते शनिबार हुने कार्यक्रमको तयारी तीब्र रुपमा भइरहेको राउण्ड टेबल ५ का सञ्जीव सिग्देलले बताए। कार्यक्रमबाट संकलित रकम सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुको पठन पाठनमा खर्च गरिने सिग्देलले जानकारी दिए । कार्यक्रम असोज २७ गते बेलुकी ६ बजे सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्