बडादशैंको लागि काठमाडौं उपत्यकाबाट १० लाख मानिस बाहिरिए

<span class='c1'>बडादशैंको लागि काठमाडौं उपत्यकाबाट</span> <span class='c2'>१० लाख मानिस बाहिरिए</span>

देवबहादुर कुँवर

काठमाडौँ, असोज २४ गते । दशै–तिहार मनाउन काठमाडौँ उपत्यकाबाट वाहिरिनेको संख्या दिन प्रतिदिन बढी रहेको छ । महानगरीय टाफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मङ्गलबारसम्म करीव १० लाख जना उपत्यका वाहिरिएका छन् । सोमवारबाट दैनिक एक लाखको हाराहारिमा सर्वसाधारण काठमाडौंबाट वाहिरिन थालेका छन् ।
‘त्यसअघि दैनिक ३०/ ४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप बढ्यो,’ महाशाखा प्रमुख पन्तले भन्नुभयो । असोज २४ गते घटस्थापनासँंगै उपत्यकाका अधिकांस स्कुल कलेज बन्द भएसंँगै यो संख्या बढ्दै जाने अनुमान उहाँको छ ।
काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुड्गाबाट दैनिक २० हजारभन्दा बढी सवारी साधनले दैनिक आवत जावत गरिरहेका छन् । यो नाकाबाट वाहिरिने कुनै पनि गाडी रित्तो नभएको प्रहरीको भनाइ छ ।
सबैले यात्रु बोकेर वाहिरिने गरेका छन् महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले भन्नुभयो,‘ प्रत्येक सवारी साधनमा यात्रु भरिपूर्ण देखिन्छ ।’

कार, मोटर, मोटरसाइकल, बस, मिनीबस, माइक्रोबस, कन्टेनर लगायत जे जति सवारी साधन उपत्यका वाहिरिन्छन ती सबैमा यात्रु बोकेर जाने गरेको जानकारी पनि उहाँले दिनुभएको हो ।
त्यस्तैं, उपत्यकामा भित्रिने सवारी साधनकोको संख्यामा पनि कमी छैन । जति सवारी साधन वाहिरिन्छन त्यतिकै भित्रिने गरेका छन् । यसरी, भित्रिने सवारी साधनमा यात्रु नभई सरसामान र खसीबोका र हाँसकुखुरा आउने गरेका छन् ।
भक्तपुरको साँगा–जगाते, दक्षिणकाली– फर्पिड, बालाजु– मुड्खु, बुढानिलकण्ठ–टोखा, रामकोट, साँखु, ललितपुर लगायत काठमाडौं उपत्यका प्रवेशका मुख्य नाकाहरुमा सवारी साधनहरुको बाक्लो ओहोर दोहोर हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्