नवरात्रिको अाज तेश्रो दिन : माता भगवती चन्द्रघण्टाको पूजाआजा गरिँदै, शक्तिपीठहरुमा घुँइचो

<span class='c1'>नवरात्रिको अाज तेश्रो दिन : माता</span> <span class='c2'>भगवती चन्द्रघण्टाको पूजाआजा गरिँदै, शक्तिपीठहरुमा घुँइचो</span>

हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ ।

आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।

चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ । दशैंकै कारण राजधानी लगायत देशभरिका बजारहरुमा किनमेल गर्नेहरुको भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्