दशैँको खानपिनले पेटका बिरामी बढे

<span class='c1'>दशैँको खानपिनले पेटका</span> <span class='c2'>बिरामी बढे</span>

काठमाडौँ, कात्तिक ८ । दशैँका बेला बढी खानपिनले पाचन प्रक्रियामा असन्तुलन भएपछि उपत्यकाका अस्पतालहरूमा पेटसँग सम्बन्धित समस्या लिएर आउने विरामीको चाप बढेको छ ।
दशँैको बेलामा आवश्यक भन्दा बढी खान खाएर अस्पतालमा उपचार गर्न आउनेहरूको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जानकारी दिएको छ । यी बाहेक दशैँमा मदिरा सेवन गरेर मोटरसाइकल चलाउने युवा पनि दुर्घटना भएर अस्पताल आएका थिए ।

विगतका सामान्य अवस्थामा विरामी आउने सङ्ख्याका तुलनामा बिरामी कम आए पनि अधिकांश बिरामीहरू ग्याष्ट्रिक , झाडापखाला लगायतका समस्या लिएर आएका थिए ।

वीर अस्पतालका आकस्मिक विभाग प्रमुख डा. भोलाराम श्रेष्ठले आकस्मिक कक्षमा दैनिक १३० जना बिरामी आउने गरेकोमा दशैँमा भने ८० देखि ९० जना मात्र आउने गरेको तर तिनीहरू बढी जसो बढी खानपिन र दुर्घटनाका भएको जानकारी दिनुभयो । डा. श्रेष्ठले आकस्मिक कक्षमा सामान्य अबस्थामा अधिकांश बिरामीहरू दुर्घटना , विष सेवन गरेका, मुटु, मिर्गौला लगायतका समस्या लिएर आउने गरे पनि दशैँ अवधिभर भने अल्सर फुटेका, ग्याष्ट्रिकको समस्या भएका, खानपिनको कारणले हुने रोग लिएर आएको बताउनुभयो ।

असन्तुलित खाना, मासुका परिकार , मदिराजस्ता पदार्थ खाँदा पाचन प्रणालीमा समस्या भएर अस्पताल आउने बिरामी अत्यधिक भएको जानकारी दिदै उहाँले बढी चिल्लो, पिरो र अत्याधिक खानाको कारण चाडबाडमा धेरै मानिस बिरामी पर्ने गरेको बताउनुभयो ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले टेकु अस्पतालमा खानाको कारण ‘‘फुड पोइजन’’ भएर अत्याधिक बिरामी आएको बताउनुभयो । उहाँले झाडापखाला, ज्वरो, खोकी , रुघा लगायत कुकुरले टोकेका बिरामी पनि अत्यधिक मात्रामा आएको जानकारी दिनुभयो । दशैँमा एकैदिनमा ३५ जनासम्म झाडापखालाका बिरामीहरू आएको जानकारी दिँदै निर्देशक पाण्डेले भन्नुभयो, “छिटपुट रूपमा डेंगी तथा अनियन्त्रित खाना खाएर आएका बिरामी धेरै थिए ।”

यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान आकस्मिक विभाग प्रमुख डा. यज्ञराज पोखरेलले दशैँको बेला मदिरा सेवनको कारणले दुर्घटना भएका बढी आएको जानकारी दिनुभयो । यसबाहेक पेटको समस्या लिएर आउने बिरामी पनि थिए, डा. पोखरेलले भन्नुभयो,“दशैँमा मादक पदार्थ सेवन(मापसे) परीक्षण नभएका कारण मोटरसाइकल दुर्घटना भएका धेरै बिरामी आएका थिए । ती मध्ये अधिकांशले मदिरा सेवन गरेको पाइयो ।”

डा. पोखरेलले अधिकांश बिरामी अन्तिम अवस्थामा आउने गरेको जानकारी दिदै वृद्ध अवस्थाका बिरामी अस्पताल ल्याउँदा कतिपयको बाटोमै मृत्यु भइसकेको अवस्थामा आएको बताउनुभयो ।
बढी मासु, मदिराजस्ता खानापिनले पचाउन नसक्ने हँुदा अस्पतालमा बिरामीको भीड बढेको चिकित्सकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्