विराटनगरका सागरले पाए जर्मनीको प्रतिष्ठित ग्रिन ट्यालेन्ट अवार्ड

<span class='c1'>विराटनगरका सागरले पाए जर्मनीको</span> <span class='c2'>प्रतिष्ठित ग्रिन ट्यालेन्ट अवार्ड</span>

बिराटनगर कार्तिक ८ ,धरानको पूर्वान्चल इन्जिनियरिङ क्याम्पसका कृषि इन्जिनियरिङ उपप्राध्यापक सागर काफ्ले जर्मन सरकारको ग्रिन ट्यालेन्ट अवार्डबाट सम्मानित भएका छन । यहि सोमबार बर्लिनमा काफ्लेले विश्वका अन्य २५ युवाहरु सहित उक्त अवार्ड पाएका हुन ।

जर्मनी सरकारको शिक्षा तथा अनुसन्धान मन्त्रालयले प्रदान गर्ने ग्रिन ट्यालेन्ट अवार्ड सन २००९ देखि सुरु भएको हो । जर्मनी सरकारले नविकरणिय क्षेत्रमा राम्रो आइडिया र अनुसन्धान ल्याउने विश्वभरका २५ युवाहरुलाइ हरेक बर्ष यो अवार्ड प्रदान गर्दै आएको छ । 

जर्मनी सरकारको शिक्षा तथा अनुसन्धान मन्त्रालयका सचिव डाक्टर जर्ज सुटेबाट काफ्लेले अवार्ड पाएका हुन । यो अवार्डको लागी १ सय बढी देशका ७२६ जनाले आवेदन दिएका थिए ।

काफ्लेले इट्टा उद्योग क्षेत्रका कोइलाको कम प्रयोग गर्ने बारेमा अनुसन्धान गरेको भन्दै जर्मनी सरकारले अवार्ड दिएको हो ।
कोइलाको विकल्पमा जैविक इन्धन प्रयोग गरेर कोइलाको प्रयोग घटाउने काफ्लेको अनुसन्धान थियो । यहि अनुसन्धानको लागी अवार्ड दिइएको अवार्डको आधिकारिक वेबसाइटले लेखेको छ ।

कोइलाको ठाउँमा बायोमास प्रयोग हुने प्रविधि नेपालमा व्यवशायिक रुपमा सफल भएको अवस्थामा नेपालको कोइला आयात घट्ने र इट्टा तथा सिमेन्ट उद्योगहरु वातावरणमैत्री हुने काफ्लेले बताए ।(प्रदेश पोर्टल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्