प्रचण्ड भोली भारत भ्रमणमा जाने

<span class='c1'>प्रचण्ड भोली भारत</span> <span class='c2'>भ्रमणमा जाने</span>

बिराटनगर कार्तिक ८ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) भारत भ्रमणमा जाने भएका छन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् ।

 

इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन अध्यक्ष दाहाल दिल्ली जाने भएका हुन् । दाहाल शुक्रबार बिहान ९ बजे नयाँ दिल्ली गएर त्यही दिन बेलुका ८ फर्कने कार्यतालिका रहेको छ ।

दाहालले भारतको छोटो भ्रमणका क्रममा त्यहाँका नेताहरुसँँग भेटघाट नगर्ने भएका छन् । एक दिनको मात्रै भ्रमण तालिका भएकाले कुनै भेटघाट नराखिएको प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रेस सहयोगी शर्माका अनुसार दाहालले इन्डिया आइडिया कन्क्लेभ–२०१८’ लाई सम्बोधन गर्नेछन् । इन्डिया फाउन्डेसनको अध्यक्ष राम माधव रहेका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्