उर्लाबारीमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

<span class='c1'>उर्लाबारीमा मोटरसाईकल दुर्घटनामा</span> <span class='c2'>चालकको मृत्यु</span>

उर्लावारी, १० कात्तिक।  मोरङको उर्लाबारी नगरपालिका-९ काे उर्लाबारी-ईटहरा सडक खण्डमा  मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ३५ प ९७७३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक उर्लाबारी नगरपालिका-८  सुठुनी डाँडा बस्ने बर्ष २७ को शैलेश गौतमको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते गौतमलाई उपचारको लागि अरनिको हस्पिटल उर्लाबारी पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । गौतमको शव पोष्टमार्टमको लागि उर्लाबारीमा रहेकाे मंगलबारे हस्पिटल पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्