विराटनगर, १७ कात्तिक । विराटनगर महानगरमा खानेपानिको सुविधा नपुगेको स्थानमा जमिन मुनिको पानी निकालेर चलाउनु पर्ने अवस्था छ । आज भन्दा १० वर्ष अगाडीसम्म विराटनगर महानगरपालिकाको शहरी क्षेत्रमा बढीमा ९० फिट बोरिङ गर्दा ‘वाटरपम्प’लाई पुग्ने पानीको सतह सहजै भेट्न सकिन्थ्यो । त्यस्तै बढीमा ६० फिट खन्दा चापाकललाई हुन्थ्यो । अहिले त्यो अवस्था छैन । ‘वाटरपम्प’कालागी कम्तिमा २ सय फिट बोरिङ गर्नु पर्ने अवस्था भएको छ भने चापाकलकालागी पनि १ सय ५० भन्दा बढीनै खन्नु पर्ने अवस्था छ ।' सहरी क्षेत्रमा वन अतिक्रमण बढे सँगै जमिन मुनिको पानीको सतह निकै तल पुगेको हाे । पानीको सतह सुके पछि विराटनगरमा अहिले सामान्यतया वाटरपम्कालागी बोरिङ गर्न ३ लाख र चापाकलकालगी ५० हजारको हाराहारीमा खर्च हुने गरेको छ । जुन सामान्य परिवारको लागी असम्भव जस्तै भएको छ । शहरिया गरिब परिवालाई यो समस्याको रुपमा विकास हुने क्रममा रहेको छ । यसतर्फ संघ,प्रदेश र स्थानिय सरकार खासै चासो दिएको पाइदैन ।
विराटनगर महानगरपालीकाको वडा–७ मेनरोड स्थित अथिति सदनलाई वटर पम्प जडानकोलागी बोरिङ गर्न १४ दिन लागेको छ । ५ जना मिस्त्रिले १४ दिन नियमित खटेर सम्पन्न गरेका हुन । पनिको सतह नभेटिदा धेरै दिन लागेको ठेकेदार रामप्रसाद कामतले बताए । मोरङ कटहरीका ठेकेदार कामतले प्रति फिट ५ सयका दरले ठेक्का लिएको बताए । कम्तिमा पनि २ सय फिट बोरिङ गरेको ज्याला र सामान गरी ३ लाखको हाराहारीमा रकम लाग्ने उनले बताए । कामदारले दिनको ७ सय ५० का दरले ज्याला लिने गरेको उनकाे भनाई छ। संस्थानको पानीले अपुग हुने भएपछि वाटरपम्पबाट पानी तान्नलागेको अतिथि सदनले जनाएको छ । (श्राेत : ब्लाष्ट खबर)