विराटनगर , १९ कातिक । अवैध रुपमा भारतबाट लुकाईछुपाई प्रतिवन्धित पटका ईलाका प्रहरी कार्यलय बुधनगर प्रहरीले नियन्त्रणामा लिएको छ । ईलाका प्रहरी कार्यलय बुधनगरबाट खटिएको विशेष प्रहरीको टोलीले बुधनगरमा निर्माणधीन रेलमार्गबाट विभिन्न व्याक्तीहरुले साईकलमा लुकाईछिपाई ल्याउदै गरेको पटका बरामद गरेको बुधनगर प्रहरीले जनाएको छ । प्रहरीले भारतिय ४० हजार रुपैयन बराबरको पटका नियन्त्रणमा लिएको ईलका प्रहरी कार्यलय बुधनगरका प्रहरी ईन्चार्ज सुर्य नारायण माझीले जानकारी दिनुभयो । बरामद गरिएका पटकालाई स्थानिय जनप्रतिनिधी, स्थानिय अगुवा कार्यकर्ता तथा संञ्चारकर्मीको रोहबरमा खाल्डो खनि पानीमा भिजाएर नष्ट गरिने माझीले जानकारी दिनुभयो ।