झापा र मोरङमा भएको सवारी दुर्घटनामा  २ जनाको मृत्यु

<span class='c1'>झापा र मोरङमा भएको सवारी</span> <span class='c2'>दुर्घटनामा  २ जनाको मृत्यु</span>

विराटनगर, २८कात्तिक । झापा र मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा  २ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका-५ स्थित मेची पुलमा मंगलबार ट्याक्टरले किचेर  १ बालिकाको मृत्यु भएको छ । भद्रपुरबाट मेची खोला तर्फ जाँदै गरेको मे १ त ५२३० नम्बरको ट्याक्टरमा सवार सोहि स्थान बस्ने बर्ष ५ की राखी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यादबलाई  आफ्नै वाबुसंग छठ पर्वको मेलामा हेर्न जाने क्रममा ट्याक्टरबाट ओर्लदै गरेको अवस्थामा ट्याक्टर पछाडी गुड्दा बालिकालाई चक्काले किचेको थियो । चक्काले किचेर गम्भीर घाइते बालिकालाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो भने ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसैगरी मोरङको बेलबारी नगरपालिका-४  बेतनामा लहरीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको एच.आर. ४६ सी ७८७६ नम्बरको भारतीय लहरीले बिपरित दिशाबाट जाँदै गरेको को २० प ६७०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार सुनसरी बराह नगरपालिका-४ बस्ने बर्ष-१९ को आर्यन चौधरीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्