आजबाट देशभरका कपडा उद्योग बन्द, कपडा उद्योग संरक्षण गर्न सरकारले चासो नदिएकाे अाराेप

<span class='c1'>आजबाट देशभरका कपडा उद्योग बन्द,  कपडा</span> <span class='c2'>उद्योग संरक्षण गर्न सरकारले चासो नदिएकाे अाराेप</span>

सुनसरी, १ मङ्सिर ।  सरकारले रुग्ण स्वादेशी कपडा उद्योग संरक्षणमा ध्यान नदिएको भन्दै आजबाट देश भरका कपडा उद्योग बन्द भएकाे नेपाल कपडा उद्याेग संघले जानकारी दिएकाे छ । सरकारले दिँदै आएको भ्याट फिर्ताको सुविधा आर्थिक ऐन ल्याएर खारेज गरेको, भारतीय बजारबाट भन्सार छलेर कपडा नेपाल भित्रिरहँदा पनि सरकारले केही नगरेको भन्दै उद्योगीहरुले नेपालका कपडा उद्योग बन्द गर्ने जनाएका हुन् ।कपडा उद्योग सरकारलाई दवाव दिन सात दिनका लागि बन्द गरिएको उद्योगीहरुले बताएका छन् । सात दिनसम्म पनि कपडा उद्योग संरक्षण गर्न सरकारले चासो नदिए अनिश्चितकालीन बन्द गर्ने नेपाल कपडा उद्योग संघले जनाएको छ ।संघले देशभरमा रहेका टेक्सटाउस र झूल उद्योगहरु बन्दको आब्हान गरेको हो । संघको आब्हान अनुसार देशभरका कपडा र झूल उद्योग बन्द मजदुरको दैनिकी प्रभावित भएको छ । यसअघि सरकारले स्वादेशी कपडा उद्योगसँग लिँदै आएको भ्याट फिर्ता गर्दै आएको थियो । तर अहिले भने त्यो व्यवस्था खारेज भएको छ । यस्तै विदेशी बजारबाट भ्याट छलेर नेपाल भित्रिएका कपडाबारे सरकारले कडाइ नगरेकाले बाध्य भएर सरकारविरुद्ध आन्दोलनमा उत्रिनु परेको सुनसरीमा रहेको प्रगति टेक्सटायलका सञ्चालक जितेन्द्र लौहियाले बताए ।

‘हामीले पटक–पटक सरकारसँग वार्ता गर्यौ तर कपडा उद्योगीको मागका विषयमा सरकारले ध्यान दिएन’, उनले भने, ‘२० औं अर्बको लागानी भएको स्वादेशी कपडा उद्योगहरु विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकेर बन्द हुने अवस्थामा आएपछि शुरुमै बन्द गरेका छौं । सरकारको ध्यान जाओस ।’ देशभरमा कपडाजन्य उद्योग ३ सय ५० को हराहारीमा रहेको संघले जानकारी दियो । ती उद्योगमा ५० हजारभन्दा बढी मजदुर काम गरिरहेको संघको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्