गरिखानेका कुरा: कर्मशिल युवाकाे रहरलाग्दाे कथा, एउटै बाख्रोबाट एक लाख कमाइ

<span class='c1'>गरिखानेका कुरा: कर्मशिल युवाकाे रहरलाग्दाे कथा,</span> <span class='c2'>एउटै बाख्रोबाट एक लाख कमाइ</span>

बिर्तामोड, २ मङ्सिर । सँगै हुर्के बढेका साथी कोही विदेश त कोही सहर पसे। मैले कुखुरा खरिद गरी बेच्न थाले भने श्रीमती होटल गर्न। तर पनि खान लाउन धौ धौ थियो। बोयर जातका बाख्रापालनबाट राम्रो कमाइ हुन्छ भन्ने सुनेर बाख्रापालन सुरु गरेँ, अहिले दुवैजना यो व्यवसायमा छौं। चार वर्षमा लगानी करोड पुग्यो। झापा हल्दिबारी–१ गोलधापका गणेश पराजुलीले यसरी आफ्नो कथा सुनाए। चार वर्षअघि बैंकबाट ऋण लिएको २७ लाख ३५ हजारमा ‘प्रगति बोयर बाख्रा फर्म’ सुरु गरेका पराजुलीले अहिले एउटै बाख्राबाट लाखभन्दा बढी आम्दानी गर्छन्। फर्ममा लगानी एक करोड ५५ लाख पुगेको छ। ‘बोयर जातको एउटा बाख्राको एक लाखदेखि दुई लाख ५० हजारसम्म पर्छ। मसँग अहिले एक सय २४ वटा बोयर जातका बाख्रा छन्। साना ठूला गरी सबै हिसाब गर्दा करिब दुई करोड पुग्छ’, पराजुलीले सुनाए।

‘यो गाउँमा बाजेदेखि नातिसम्म सबै वैदेशिक रोजगारमा जानुपर्ने अवस्था छ’, पराजुलीले भने ,‘यो क्रमको अन्त्य गर्दै स्वदेशमै आयआर्जन पहिल्याउन ठूलो लगानी गरेँ, आम्दानी पनि राम्रो छ।’ बोयर जातका बाख्रा हेर्दा सानो देखिने भए पनि किलोका हिसाबले धेरै मासु निस्कन्छ। एक किलो मासुलाई नै न्यूनतम एक हजार रुपैयाँ पर्छ। ‘एउटा एक वर्षको बाख्रा नै ९५ देखि एक सय १० किलोसम्म छ। किलोका हिसाबले एक लाखभन्दा बढी प¥यो नि’, पराजुली भन्छन्। स–साना पाठापाठी ३० देखि ५० हजारसम्म बिक्री हुन्छ। लगानी बढी पर्ने भएपछि सुरुमा दुईवटा बोयर जातका बाख्रा र केही लोकल बाख्राबाट उनले फर्म सुरु गरेका थिए।कात्तिक महिनामा सबै खर्च कटाएर दुई लाख आम्दानी गरेको पराजुलीको कथन छ। ‘चाडपर्वको समयमा माग अत्यधिक बढ्यो। धेरैले यसको मासु रुचाएका पनि छन्। एकै महिनामा दुई लाख आम्दानी नै भयो। सुन्दा धेरै सुनिन्छ तर दुइटा बाख्रा बेच्दा नै यो रकम आउँछ’, उनले भने। सुरुमा चितवनका योगेन्द्रबहादुर खड्काले सञ्चालन गरेको जगत एग्रोबाट पराजुलीले अफ्रिकन जातको बोयर बाख्राका पाठापाठी ल्याएर फर्म सुरु गरेका थिए। उनले भने, ‘दुइटा बोयर बाख्रा दुई लाखमा ल्याउँदा बौलायो भने। एउटालाई लाखभन्दा बढी पर्छ भन्दा सबैले उडाउँथे, अहिले उनीहरू नै किलोको हजारमा मासु किन्न आउँछन्।’

व्यावसायिक रूपमा बाख्रा फर्म सञ्चालन गरेपछि फर्म अवलोकन गर्न आउनेको संख्या पनि बढेको उनी बताउँछन्। लोकलभन्दा बोयर जातको बाख्रा पाल्न सहज हुन्छ। जुन घाँस पनि खान्छ। गाउँमै घर भएका र जग्गा पनि हुनेलाई थप सहज हुन्छ। पराजुलीले उत्पादन लागत घटाउन चार बिघामा घाँस खेतीसमेत गरेका छन्।

बाख्रालाई घाँससँगै दाल र मकैको पीठो मिसाएर दिने गरिएको छ। यस जातको बाख्रामा बोसोको मात्रा कम हुने भएकाले विश्व बजारमा माग बढी छ। अन्य देशमा यसको व्यावसायिक पालन धेरै भए पनि नेपालमा भने कम रहेको पराजुलीले बताए। बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल उनलाई यो पेसामा लाग्दा धेरै चुनौती आइपरेका थिए। (अन्नपुर्ण पाेष्टबाट  खबर लिईएकाे हाे )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्