बिराटनगरमा होटेल म्यानेजमेन्टको लागि एरागन रोजाइमा पर्दै

बिराटनगरमा होटेल म्यानेजमेन्टको लागि एरागन रोजाइमा पर्दै

बिराटनगर मङ्सिर ४ , नेपालमा पर्यटन बर्ष २०२० मनाउने तयारी भइरहेको छ , यस बर्षका लागि पर्यटकहरुलाइ सेवा र सुबिधा दिन दक्ष जनशक्तीको कमी पुरा गर्नुपर्ने अवस्था छ  । पर्यटन बर्ष सफल बनाउन  दक्ष जनशक्तीको मुख्य भूमिका रहने गर्दछ  ।

बिराटनगरमा एरागन होटेल स्कुलले होटेल म्यानेजमेन्टको तालिम कक्षा संचालनमा ल्याई जनशक्ति विकास गर्ने लक्ष्यसहित अभियान संचालनमा ल्याएको छ ।

बिराटनगरको महेन्द्र चोकमा रहेको उक्त होटेल स्कुलले छोटो समयमा र कम लगानीमा यस क्षेत्रका लागि आवस्यक पर्ने होटेलका जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित उक्त स्कुल संचालनमा आएको स्कुलका एकेडेमिक निर्देशक रोशन शर्मा पन्थीले बताए । उक्त होटेल स्कुलमा पढाइ
पश्च्यात बिद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ५ तारे होटेलहरुमा तालिमको अवसर पनि दिइने शर्माले जानकारी दिए ।

होटेलको सम्पूर्ण तालिमको व्यवस्था साथै  अनुभबी शिक्षक भएकालेे बिद्यार्थीको पनि पहिलो रोजाईमा एरागन नै परिरहेको छ । हाल उक्त होटेल स्कुलमा  नोभेम्बर-डिसेम्बर इन्टेकका लागि भर्ना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्