विराटनगरका सामाजसेवी गोयलले बालबालिका र बृद्धालाई दिए एक बर्षको खाजा

<span class='c1'>विराटनगरका सामाजसेवी गोयलले बालबालिका र</span> <span class='c2'>बृद्धालाई दिए एक बर्षको खाजा</span>

विराटनगर,५ मसिर । विराटनगरका समाजसेवी तथा उद्योगी दीनबन्दु गोयलद्धारा विराटनगर १३ मा रहेको पूर्वाञ्चल वाल सेवा आश्रममा रहेका बालवालिका तथा वृद्धाहरूकोलागि एक वर्षसम्म पुग्ने खाजा सहयोग गरेका छन् ।
सामाजसेवी गोयलले बुधबार आश्रममै पुगेर ४८ बोरा चिउरा र ४८ बोरा भुजा आश्रमलाई सहयोग गरेका हुन् । अहिले एक महिनाको लागि खाजा सहयोग गरेपछि समाजसेवी गोयलले एक वर्षसम्म पुग्ने खाजाको व्यवस्था गरिने बताएका छन् । उनले एक वर्षसम्मको लागि ४८ बोरा भुजा र ४८ बोरा चिउँरा सहयोग गर्ने छन् । सहयोग कार्यक्रममा बोल्दै समाजसेवी गोयलले साना बालवालिकाहरूको उज्वल भविष्य बनाउन खाजा खर्च सहयोग गरेको बताए । उनले आश्रममा रहेका बालवालिका र वृद्धाहरू आफ्नो परिवार ठानेर सहयोग गरेको बताए । हाल आश्रममा ६५ जना बालवालिका र १५ जना वृद्धाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्