प्रेमिका,जसले आफ्नै प्रेमीको हत्या गरी उसकै मासु पकाएर कामदारलाई खुवाइन्

<span class='c1'>प्रेमिका,जसले आफ्नै प्रेमीको हत्या गरी</span> <span class='c2'>उसकै मासु पकाएर कामदारलाई खुवाइन्</span>

दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर प्रेमीकै शवको मासु पकाएर कामदारलाई खुवाएकी छिन् ।

७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरी उनको शवको मासु र बिरयानी बनाएर कामदारलाई खुवाएकी हुन् । ती महिलाको नाम भने खुलाइएको छैन । उनले दुबईको अल एनस्थित आफ्नो घरमा प्रेमीको हत्या गरेकी थिइन् ।

उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा महिलाले हत्या गरेकी जनाइएको छ ।

पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाएकी हुन् ।

हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यसबारे अनुसन्धान थालिएको हो ।

ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन् भन्ने बारे थाहा नभएको बताएपछि पुलिसको सहारा लिइएको थियो ।

मृतकका दाजुलाई उद्धृत गर्दै डेली मेलका अनुसार पुलिसले ती महिलाको ब्लेन्डरमा मानव दाँत भेटेपछि यसबारे पर्दाफास भएको हो । डिएनए टेस्टले उक्त दाँत हराइरहेका व्यक्तिकै भएको पत्ता लगाएपछि उनकी प्रेमिकालाई पक्राउ गरिएको हो ।

पक्राउ परेपछि ती महिलाले आफूले प्रेमीको हत्या बदला लिन गरेको बताइन् । प्रेमीको शवलाई ठेगान लगाउन साथीको सहयोग माग्दा साथीले अस्विकार गरेपछि आफूले शवलाई टुक्रा पारेर कामदारलाई खुवाएको जानकारी दिइन् ।

पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

- एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्