विराटनगरको विग होटलका म्यानेजरको बर्थ डे पार्टी बृद्धाश्रममा

<span class='c1'>विराटनगरको विग होटलका म्यानेजरको</span> <span class='c2'>बर्थ डे पार्टी बृद्धाश्रममा</span>

विराटनगर, ६ मंसिर । विराटनगरका एक युवाले आफ्नो जन्मदिनको अवसरमा आश्रममा रहेका वृद्धवृद्धालाई एक छाक खाना र आर्थिक सहयोग गरेका छन् । विराटनगर ९ मा रहेको विग होटलका जेनेरल मेनेजर केशव पौडेलले बिहिबार आफ्नो ३१ औ जन्मदिनमा आश्रममा पुगेर आर्थिक सहयोग गरेका हुन् ।
विग होटलको टिम सहित विराटनगर ८ मा रहेको आश्रमका वृद्धवृद्धालाई एक छाक खाना खुवाएका छन् । पौडेलले आश्रममा रहेका ५१ जना वृद्धाहरुलाई केक काटेर खुवाएका थिए । साथै आश्रमको भवन निर्माणलागि १५ हजार रुपैया समेत आर्थिक सहयोग गरेका छन् । पौडेल लगायत विग होटलका टिमले आश्रमका संचालक जगत अर्याललाई चेक हस्तान्तरण गरे । आश्रममा विग होटलका जेनेरल मेनेजर केशव पौडेल, फुड मेनेजर दिल महर्जन, मार्केटिङ मेनेजर नरेस श्रेष्ठ लगायत विग होटलका टिमको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्