विराटनगरकाे जेसी बाल सदनमा दन्त शिविर

<span class='c1'>विराटनगरकाे जेसी  बाल</span> <span class='c2'>सदनमा दन्त शिविर</span>

विराटनगर, १२ मंसिर । ‘जेसीज सप्ताह’ अन्तरगत विराटनगर जेसीजले निःशुल्क विद्यार्थीहरूको दन्त शिविर आयोजना गरेको छ । विराटनगर १३ स्थित जेसी बाल सेवा सदनमा स्कूलमा अध्यनरत विद्यार्थीहरूका लागी बुधबार दन्त शिविर आयोजना गरिएको हो । उक्त शिविरमा एक हजार विद्यार्थीले स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक अमित शर्माले जानकारी दिए । विद्यार्थीको दन्त परीक्षण डा‍.रबL आचार्यले गरेका थिए  । पाँच दिनयता देखि दैनिक जस्तो विराटनगर जेसीजले विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष सेवक बजगाईले बताए ।  आउँदो शुक्रबार विराटनगर जेसीज भवनमा भव्य कार्यक्रम आयोजना गरी सप्ताह समापन हुनेछ । शिविरको प्रमुख अतिथीमा जेसीजको पूर्व अध्यक्ष गोपाल गुप्ताले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्