विराटनगरकाे निहारीका कलेजका विद्यार्थीलाई अभिमुखिकरण

<span class='c1'>विराटनगरकाे निहारीका कलेजका</span> <span class='c2'> विद्यार्थीलाई अभिमुखिकरण</span>

विराटनगर,१२ मंसिर । विराटनगर बरगाछीमा रहेको निहारीका कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रमका साथ स्वागत गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिनुका साथै स्वागत गरेको हो । कलेजमा ब्याचरल संकायमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नजिता ल्याएर उत्कृट हुन सकिन्छ भन्ने देखि कलेजको नियमको बारेमा जानकारी गराएको थियो । अभिमुखिकरण कार्यक्रममा कलेजमा नयाँ शैक्षिक सत्रकालागि विविएस विएससिआइटीको छैठौ ब्याचमा ८६ र यस बर्षदेखि  शुरु गरेको विसिए र विआईएमको पिहलो ब्याचमा ७० जना विद्यालय भर्ना भएका कलेजले जनाएको छ ।कलेज व्यवस्थापन समितिको अध्यक्ष रुपेश खतिवडाको सभापतिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी दक्षिण पूर्वी एसिया माइक्रोसफ्ट कम्पनीका क्षेत्रिय निर्देशक एलेन बाइलोचन तुलाधर, त्रिभुवन विश्वविद्यालयका पूर्व सह–नियन्त्रक प्रा.डा. अर्जुन बराल, क्यापस प्रमुख अमित ढकाल,  ब्याम रौनियार, टेक्सासका प्रमुख भेषराज पोखरेल र सञ्चालक दिपेश बाँस्तोला लगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्