विराटनगरमा नक्कली विद्युत परियोजना खोलेर ठगी धन्दा, ससुरालीबाट समातिए अाेझा

<span class='c1'>विराटनगरमा नक्कली विद्युत परियोजना खोलेर</span> <span class='c2'>ठगी धन्दा, ससुरालीबाट समातिए अाेझा</span>

विराटनगर, १२ मंसिर । विराटनगरमा लामो समयदेखि नक्कली विद्युत परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउँदै  अाएकाे अाराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।   मोरङको लेटाङ्ग नगरपालिका–३ का ५३ वर्षीय गुणराज ओझालाई मोरङ प्रहरीले मंगलबार राती विराटनगर–५ जामुनगाछी स्थित ससुराली घरबाट पक्राउ गरेकाे हाे ।  विराटनगरमा घर भाडामा लिएर नक्कली कम्पनी संचालन गर्दै आएका ओझालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

ओझाबाट ठगीएका २ दर्जन बढी कर्मचारीले जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दा अन्तर्गत उजुरी दिए पछि प्रहरीले पक्राउ गरेको हो ।ओझाबाट पीडित भएकाहरूका अनुसार एक जनाबाट २० हजारदेखि ३ लाख रुपैयाँसम्म लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले बताए । पक्राउ परेका अाेझालाई अदालतमा ७ दिनको म्याद थप गरी  अनुसन्धान शुरु गरिएकाे  एसपी केसीले जानकारी दिए । ओझाले विराटनगर महानगरपालिका–४, कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्