अरुण–तेश्रो जल विद्युत आयोजनाको निर्माण सामाग्री नेपाली उत्पादन प्रयोग गर्न विराटनगरका उद्योगीको माग

<span class='c1'>अरुण–तेश्रो जल विद्युत आयोजनाको निर्माण सामाग्री नेपाली</span> <span class='c2'>उत्पादन  प्रयोग गर्न विराटनगरका उद्योगीको माग</span>

विराटनगर, १३ मंसिर । नेपाल सरकारको सवैभन्दा ठुलो परियोजना अरुण–तेश्रो जल विद्युत आयोजनाको निमार्ण कार्यलाई थप प्रभावकारी वनाउन प्रदेश न १ का उद्योगी, व्यापारी, इन्जिनियर तथा परियोजनासंंग छलफल भएको छ ।
नेपाल सरकार लगानी वोर्डले विराटनगरमा कार्यक्रमको आयोजना गर्दै अरुण तेश्रो परियोजनालाई सफल बनाउनको लागि कस्तो खालको निमार्ण समाग्री प्रयोग गर्ने र निमार्ण समाग्री कहाँवाट कसरी उपलव्ध गराउने भन्ने बिषय जोडतोडको साथ उठेको छ ।
उद्योग वाणिज्य महासंघ प्रदेश न १ का उपाध्यक्ष राजेन्द्र राउतले आयोजनाले स्वादेश मै उत्पादित निमार्ण समाग्री प्रयोग गर्नुपर्ने वताए । उनले आयोजनालाई चाहिने सिमेन्ट , ढुंगा गिट्टी तथा डण्डि सवै प्रकारका निमार्ण समाग्री स्वदेशमै उत्पादन हुने भएकाले सोही समाग्री प्रयोग गर्न उनले सुझाव दिए । उद्योग संगठन मोरङका पुर्व अध्यक्ष अशोक मुरारकाले आयोजनामा स्वदेशमै उत्पादित गुणस्तररिय समाग्री प्रयोग हुनुपर्ने बताए ।
अरुण–तेश्रो आयोजनाका प्रमुख कार्यकारी अधिकृत सतिशकुमार शर्माले आयोजना निमार्णमा पहिलो प्राथमिक्ता नेपालमा उत्पादित समाग्रीलाई दिइने भन्दै नेपालमा नपाइने सामाग्रीमात्र अन्य मुलुकवाट आयात गरिने बताए । निमार्णमा प्रयोग हुने कतिपय समाग्री नेपालमा उत्पादन नहुने गरेको उनको भनााई छ । उनले भने ‘अहिले नै यान नजाने हो भने सामाग्री ढुवानीमा समस्या छ, कोशी राजमार्गका धेरै ठाउँहरु भत्किएका छन् ।’
अरुण तेश्रो एक नम्बर प्रदेशको संखुवासभामा निर्माण शुरु भएको ५ महिना भईसकेकोले तोकिएको समयमा काम सम्पन्न गर्नको लागि आफुहरु लागि परेको शर्माको भनाई छ । प्रदेश न १ प्रमुख सचिव केदार न्यौपानेले अरुण–तेश्रो प्रदेशकै लागि गौरवको आयोजना भएकोले परियोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए ।
परियोजनाले प्रदेश न १ को विकासको ढोका खोल्ने भएकाले प्रदेशमा निर्वाद रुपमा लगानी गर्न लगानी कर्तालाई उनले आग्रह गरे । अरुण तेश्रोको आयोजना पुरागर्न २०७१ साल मंसिर ९ गते नेपाल सरकार र परियोजना विकासकर्ता एस जे भि एन अरुण–तेश्रो पावर डेभलोप्मेन्ट कम्पनी विच सम्झैता भएको थियो ।
५ वर्ष भित्र निमार्ण सम्पन्न गरिने परियोजनाको निमार्ण लागत १०४ अर्व रुपैयाँ रहेको छ भने आयोजनाको विद्युत उत्पादन क्षमता ९ सय मेगावाट रहेको छ । आयोजना निमार्णकालागि १४ लाख ४२ हजार ७ सय २७ घनमिटर वालुवा, ४ लाख ५८ हजार ८ मेट्रिकटन सिमेन्ट तथा साढे ४८ हजार मेट्रिक टन स्टिल लाग्ने निर्माण आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्