पथरीशनिश्चरे नगरपालिकामा विद्यार्थीलाई जाडोको लुगा बितरण

<span class='c1'>पथरीशनिश्चरे नगरपालिकामा  विद्यार्थीलाई</span> <span class='c2'>जाडोको लुगा बितरण</span>

विराटनगर, १३ मङ्सिर । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको इन्द्र-कमल बास्कोटा प्रतिष्ठानले विद्यार्थीलाई जाडोको लुगा बितरण गरेको छ ।  प्रतिष्ठानले पथरीशनिश्चरे ३ मा अवस्थित श्री जनता माद्यमिक विद्यालका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । बिहिबार जनता माविमै आयोजित एक सार्वजनिक कार्यक्रममार्फत अति बिपन्न परिवारका ती विद्यार्थीहरुलाइ स्विटर वितरण गरिएको हो । हिउँदे जाडोका कारण नियमित विद्यालय आउन नसक्ने थुप्रै विद्यार्थीलाई विद्यालय आउन-जान सहज होस् भनेर सो स्विटर वितरण गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार युवराज बास्कोटाले जानकारी दिए  । सोही कार्यक्रममा प्रतिष्ठानले १ लाख रूपैयाँको इन्द्र-कमल अक्षयकोष विद्यालयमा स्थापना गरेको छ  । विद्यालयसँग खाजा कार्यक्रममा सहकार्यका लागि २५ विद्यालयलाई दैनिक खाजा खुवाउने कार्यक्रमको पनि यहीँ कार्यक्रममाझ नै सुरुवात गरिएको छ । २५ जना अति निम्न विद्यार्थीलाई प्रतिष्ठान ले १ वर्षसम्म दिउँसोको खाजा खुवाउने भएको छ ।कार्यक्रममा प्रमुख अतिथिका रुपमा  सहभागी पथरीशनिश्चरे नगरका उपप्रमुख यमुना बिष्ट बास्तोलाले यस्ता किसिमका सिर्जनात्मक कार्यक्रमले समाजमा परस्पर हार्दिकता, सहिष्णुता र सद्भभावले भरिएको नयाँ संस्कृति निर्माण गर्ने र नियमित विद्यालय आउन/जान नसकेका कैयौं बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सहयोग पुग्ने बताइन्।

 उनले अर्को एउटा सन्दर्भमाथि केन्द्रीकृत हुँदै समाजसेवी दर्जनौं व्यक्तित्वहरू जन्माउन सक्ने विद्यालयले आफ्नो शैक्षिक वातावरण पनि बनाउनुपर्नेमा जोड दिइन । यस काममा नगरपालिकाले सहयोग गर्ने बताइन् । सोही वडाका वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन कमिटी अध्यक्ष डम्बर बहादुर चेम्जोङ, विद्यालयका प्रधानाध्यापक पदम सापकोटा, पुराना शिक्षक रूपनारायण भट्टराई, भूवनेश्वर पोखरेल र प्रतिष्ठानका प्रमुख सल्लाहकार बास्कोटाले आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्