विराटनगरबाट भोजपुरको दलगाँउ जादै गरेको बलेरो दुर्घटना हुदाँ ७ घाईते

<span class='c1'>विराटनगरबाट भोजपुरको दलगाँउ जादै गरेको</span> <span class='c2'>बलेरो दुर्घटना हुदाँ ७ घाईते</span>

विराटनगर, १३ मंसिर । विराटनगरबाट भोजपुरको दलगाँउ जादै गरेको बलेर दुर्घटना भएको छ । अरुण गाउँपालिका ३ लाखबिरेमा बलेरो दुर्घटना हुँदा ७ जना घाईते भएको एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।
बिराटनगरबाट भोजपुरको दलगाउ तर्फ जाँदै गरेको को.१ ज.३४९३ नम्बरको बोलेरो उक्त स्थानमा आफै अनिन्त्रित भई सडकबाट १० मिटर तल खसी दुर्घटना भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अरुण गाउँपालिका(४ दलगाउ बस्ने बर्ष २६ कि उषा राई, बर्ष ४ की युमिहाङ राई, बर्ष ३५ की शारदा राई, बर्ष २८ की सरिता राई, बर्ष २७ की अनिता राई, बर्ष २६ कै उषा राई र षडानन्द नगरपालिका १३ बोया बस्ने बर्ष २४ को तेन्जिङ शेर्पा घाईते भएका हुन् ।
घाईतेलाई प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि धरान स्थित बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ भने घाईते सबैको अबस्था तत्काल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्