कटहरी गाउँपालिका दिसामुक्त क्षेत्र घोषणा अभियानमा, वडा नम्बर ५ र ६ घाेषणा

<span class='c1'>कटहरी गाउँपालिका दिसामुक्त क्षेत्र घोषणा अभियानमा, </span> <span class='c2'>वडा नम्बर ५ र ६ घाेषणा</span>

विराटनगर, १३ मंसिर। मोरङको कटहरी गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सहित सरोकारवालाको उपस्थितिमा ती दुई वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।  गाउँपालिकालाई मंसिर २९ गतेभित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने तयारी छ । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत, उपप्रमुख मन्जिता सरदार लगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन ।

कटहरी गाउँपालिकाको पुर्वमा धनपाल थान, पश्चिममा विराटनगर, उत्तरमा ग्रामथान र दक्षिणमा जहदा गाँउपालिका छ । ८ हजार २ सय घरधुरी रहेको कटहरी गाउँपालिकामा ३९ हजार ७ सय ७५ जनसंख्या रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्