पुस २० मा नेपाल पत्रकार महासघ मोरङको साधारण सभा हुने, फुयाँललाई पुरस्कार

<span class='c1'>पुस २० मा नेपाल पत्रकार महासघ</span> <span class='c2'>मोरङको साधारण सभा हुने, फुयाँललाई पुरस्कार</span>

विराटनगर, १४ मंसिर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको बार्षिक साधारणसभाको अवसर पारेर कार्यलय सचिव दिपक फुयाललाई नगद सहित सम्मान गरिने भएको छ । महासंघको शुक्रबार बसेको नवौं बैठकले आगामी पुस २० गते विराटनगरमा साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाको अवसरमा पत्रकार महासंघका कार्यालय सचिव फुयाललाई नगद ५१ हजार सहित सम्मान गर्ने निर्णय गरेको हो । फुुयाँल विगत २२ बर्षदेखि पत्रकार महासंघको कार्यालय सचिवको रुपमा काम गर्दै आएका थिए ।
यसैगरी साधारणसभा सम्पन्न गर्नकालागि अध्यक्ष बन्धु पोखरेलको संयोजकत्वमा उपाध्यक्षहरु कुमोद अधिकारी र सुशीला पाठक सदस्य रहेको मूल समिति निर्माण गरिएको छ । कोषाध्यक्ष सन्तोष सिग्देलको संयोजकत्वमा सदस्यहरु नविन कर्ण र कौशल निरौला रहेको आर्थिक उपसमिति निर्माण गरिएको छ ।
साधारणसभामा प्रस्तुत हुनेगरी नेपाल पत्रकार महासंघ मोरङको इतिहास र वर्तमान अवस्था समेट्ने गरी वृत्तचित्र निर्माण गर्ने निर्णय गरिएको सचिव अर्जुन आचार्यले बताए । उनले वृत्तचित्र निर्माणकालागि शाखाका सल्लाहकार तथा पूर्वअध्यक्ष महेन्द्र विष्ट संयोजक रहनेगरी पूर्वअध्यक्ष मोहन भण्डारी र शाखाका साधारण सदस्य मोहन मानन्धर सदस्य रहने गरी समिति निर्माण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्