ईनरुवामा बसको ठक्करबाट एकको मृत्यु 

<span class='c1'>ईनरुवामा बसको ठक्करबाट</span> <span class='c2'>एकको मृत्यु </span>

सुनसरी, मंसिर १७।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत सुनसरीको ईनरुवा नगरपालिका-३ मा आइतवार बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्विम तर्फ जाँदै गरेको को १ ख ५२४१ नम्बरको बसले पैदल हिडिरहेको अवस्थामा सोही स्थान बस्ने बर्ष ४० को यात्री बौका साहलाई साँझ पौने ६ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते साहलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा थप उपचारको लागि बिराटनगर स्थित गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्