धरानमा कुहिएको अवस्थामा शव फेला

<span class='c1'>धरानमा कुहिएको अवस्थामा</span> <span class='c2'>शव फेला</span>

धरान १७ मंसिर। सुनसरीको धरान–१७ स्थित उदय सामुदायिक वन भित्र कुहिएको अवस्थामा एक व्यक्तीको शव फेला परेको छ । धरान–५ सेउतीपुल नजिकैका बखत बहादुर रामदामको कुहिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिएका छन । करिव २ महिनादेखि उक्त स्थानमा रामदामको शव रहेको हुन सक्ने डिएसपी तिम्लसीनाले बताए ।

घाँस दाउरामा गएकाहरुले जंगलमा कुहिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामदाम लामो समयदेखि हराइरहेको स्थानियले बताएका छन् । उनको हत्या भएको हुनसक्ने स्थानियले बताएका छन् । स्थानियका अनुसार रामदामको जग्गा राखेर एक व्यक्तिले सुन पसल सञ्चालनमा ल्याएका थिए । उक्त सुन पसलका सञ्चालकले रकम तिर्न नसकेपछि बैंकले रामदामको जग्गा लिलामी प्रक्रिया समेत अगाडि बढाएको स्थानियहरुको भनाई छ ।रामदामको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा पोष्टमार्टमको लागि राखिएको छ । प्रहरीले पोष्टमार्टमको रिपोर्टका आधारमा अनुसन्धानलाई अघि बढाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्