झापाका बिक्रम माछा मार्न गएका थिए तर फर्केनन्

<span class='c1'> झापाका बिक्रम माछा मार्न</span> <span class='c2'>गएका थिए तर फर्केनन्</span>

झापा, १७ मंसिर । झापामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी २५ वर्षीय बिक्रम भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार सानो माई खोलामा माछा मार्न गएका भुजेलले नजिकैको बिजुलीको पोलबाट करेन्ट तानेर माछा मार्न खोज्दा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर उनको घटनास्थमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । यता, भुजेलको शव मेची अञ्चल अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्