१५ हजार रकम लिने असई निलम्बित

<span class='c1'>१५ हजार  रकम</span> <span class='c2'>लिने असई निलम्बित</span>

झापा, १८ मङ्सिर । एक व्याक्तिसँग रकम लिने प्रहरी सहायक निरीक्षक (असई) उत्तमकुमार कार्की निलम्बनमा परेका छन् । ८ हजार रुपैयाँ धरौटीमा रिहा भएका मेचीनगर १३ का यादव भट्टराईसँग १५ हजार रकम लिएका प्रहरी चौकी चारआली झापामा असई कार्की निलम्बनमा परेका हुन् ।  कार्कीलाई सोमबार नै निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले  जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षकको अध्यक्षतामा समिति गठन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्