भोजपुरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

<span class='c1'>भोजपुरमा नेपाली सेनाको निःशुल्क</span> <span class='c2'>स्वास्थ्य शिविर सञ्चालन</span>

भोजपुर, मङ्सिर १९ गते । नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको उक्त शिविरमा ३७० जनाको उपचार गरिएको छ । सेनाले गाउँमै शिविर सञ्चालन गरेकामा स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।

स्थानीय कुलबहादुर गिरीले भन्नुभयो, “आँखा तथा अन्य रोग उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो । सेनाको शिविरमार्फत गाउँमै सेवा पायौँ ।” शिविरमा स्त्रीरोग, नाक, कान, आँखा, घाटीलगायत रोगको उपचार गरिएको थियो । शिविरमार्फत टेम्केमैयुङ गाउँपालिका– ५, ६, ७, ८ र ९ का स्थानीयवासीले सेवा लिएका छन् । डा पवित्रा श्रेष्ठ, डा राम श्रेष्ठलगायत चिकित्सकले बिरामीको उपचार गरेका थिए । बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्