झापामा यस्तो : अपाङ्गता भएका बालबालिकालाई वर्षैभरि निःशुल्क दूध

<span class='c1'>झापामा यस्तो : अपाङ्गता भएका</span> <span class='c2'>बालबालिकालाई वर्षैभरि निःशुल्क दूध</span>

भद्रपुर, मङ्सिर १९ गते ।

झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिकरूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ । समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति मेचीनगरद्वारा सञ्चालित सो पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई आवास र पठनपाठनको व्यवस्था छ ।

डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्व अन्तर्गत डेरीले एक वर्षसम्म दूध उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । प्रतिव्यक्ति दुई सय मिलिलिटरका दरले दैनिक ६ लिटर प्रशोधित दूध उनीहरूका लागि दिने गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष धर्मराज घिमिरेले दाताको सहयोगमा शारीरिक अशक्त बालबालिकाको भरणपोषण र शिक्षादीक्षा चलिरहेको बताउँदै मेचीनगर–१० धुलाबारीका सदीक्षा सुवेदी अधिकारी र भक्तिप्रसाद अधिकारीले ३० थान ज्याकेट दिएको समेत जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्