सिराहामा विद्युत् चोरी नियन्त्रण गर्न पुगेका विद्युतका कार्मचारी नै कुटिएपछी…

<span class='c1'>सिराहामा विद्युत् चोरी नियन्त्रण गर्न</span> <span class='c2'>पुगेका विद्युतका कार्मचारी नै कुटिएपछी…</span>

लहान , मङ्सिर २० :

सिराहामा स्थानीयबासीले विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीलाई कुटपिट गरेका छन्। विद्युत् चोरी नियन्त्रण गर्न बुधबार राति पुगेको टोलीलाई देख्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवलाई कुटपिट गरेका हुन्।

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत् कर्मचारीमाथि कुटपिट गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए।

स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन्। घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ। सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिए। कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्