फिदिम नगरपालिकाले बाँड्याे ८० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्च

<span class='c1'>फिदिम नगरपालिकाले बाँड्याे ८० वर्ष पार</span> <span class='c2'>गरेका ज्येष्ठ नागरिकलाई औषधि उपचार खर्च</span>

पाँचथर,२२ मङ्सिर ।  फिदिम नगरपालिकाले नगरभित्रका ८० वर्ष पार गरेका जेष्ठ नागरिकलाई औषधी उपचारबापत ५ हजार रुपैयाँ रकम प्रदान गरेको छ ।  नगरपालिकाले कार्यालय नजिकका ज्येष्ठ नागरिकलाई कार्यालयबाट नै र टाढाका ज्येष्ठ नागरिकहरुलाई वडा केन्द्रमा पुगेर औषधि उपचारबापतको रकम प्रदान गरिरहेको छ ।

अहिलेसम्म नगरपालिकाको कार्यालय र वडा केन्द्रबाट गरी ९० जना ज्येष्ठ नागरिकलाई औषधी उपचार रकम प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । यस्तै, दीर्घरोगी अन्तरगत किड्नी, मुटु र क्यान्सर रोगीका लागि १० हजार देखि २० हजार रुपैयाँसम्म नगरपालिकाले उपलब्ध गराइरहेको नगरपालिका मेयर ओनाहाङ नेम्बाङले बताए ।  १४ वटा वडा रहेको फिदिम नगरपालिकाले यो कार्यक्रम सबै वडामा लागु गरेको नगरपालिकाका मेयर नेम्बाङले बताए । जेष्ठ नागरिकलाई औषधी उपचारबापतको रकम प्रदान गर्न नगरपालिकाले ५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्