विराटनगरको एभरेष्टले शुरु गर्यो नैतिक शिक्षाको बहस, बिद्यालयको यस्तो योजना

<span class='c1'>विराटनगरको एभरेष्टले शुरु गर्यो नैतिक</span> <span class='c2'>शिक्षाको बहस, बिद्यालयको यस्तो योजना</span>

विराटनगर, २२ मंसिर । विद्यालयस्तर देखि नै बालबालिकालाई नैतिक शिक्षाको आबस्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुलमा आयोजित शिक्षककालागि नैतिक शिक्षा सम्बन्धि तालिमका सहभागिहरुले यस्तो जोड दिएका हुन् । भारतको रामकृष्ण मिसन कलकत्ताबाट आएका प्रचारकहरु शान्तिप्रसाद मिश्र, आरके मोहन राव र अरविन्दा मोहन रावले तालिममा सहभागी शिक्षक शिक्षिकालाई बालबालिकामा नैतिक शिक्षाको प्रभावकारी अध्ययन गराउन व्यवहारिक शिक्षामा ध्यान दिन जोड दिए ।

पछिल्लो समय बालबालिका तथा किशोर किशोरीमा नैतिक शिक्षा ह्रास हुँदै गएको भन्दै उनीहरुले यसलाई विद्यालय स्तरबाट नै ध्यान दिन नसके जटिल अवस्था आउनसक्ने बताए । शुक्रबार र शनिवार २ दिन चलेको तालिममा सहभागी शिक्षक शिक्षिकाले समेत तालिमले नैतिक शिक्षा सम्बन्धि बालबालिकालाई बुझाउन थप मद्धत पुगेको बताए । विद्यालयका प्राथमिक तहका इन्चार्ज सुनिल शाहिले तालिमले पढाउने शैलीमा परिवर्तन आएको बताएका छन् । पहिला–पहिला बालबालिकाका कमजोरी पत्तालगाएर कारवाही गर्दै सुधार्न खोजिन्थ्यो, अहिले उनीहरुका राम्रा विषयलाई उजागर गरेर प्रोत्साहन गर्ने गरिएको छ । यस्ता कृयाकलापबाट बालबालिकाको व्यवहारमा समेत सकारात्मक परिवर्तन आएको उनले सुनाए ।
विद्यालयकी सामाजिक शिक्षा अध्यापन गराउने शिक्षिका रजनी चौलागाईले तालिमले एकोहोरो लेक्चर दिने प्रद्धतीलाई निरुत्साहित गरी व्यवहारिक शिक्षा दिन आधुनिक शिक्षा प्रणालीमा जोड दिएको बताईन् । यसले गर्दा परिक्षाको अंंकमा मात्र केन्द्रित बालबालिकालाई समेत अनुशासित र व्यवहारिक बनाउदै लैजाने विश्वास गरिन् ।
त्यसो त विद्यालयले वर्षभरी नै विभिन्न विषयमा शिक्षक शिक्षिकालाई उत्प्रेरक तालिमहरु प्रदान गर्दै आएको छ । विद्यालयका उपप्राचार्य मणिकुमार पौडेलका अनुसार तालिमपछि शिक्षक शिक्षिकाहरुको व्यवहारमा समेत परिवर्तन हुँदै आएको बताए । बिभिन्न समयमा राष्ट्रिय र क्षेत्रीय रुपमा उत्कृष्ट हुँदै आएको यस विद्यालयले आफ्नो गरिमा कायम राख्नपनि सवै पक्षमा ध्यान दिन आवश्यक रहेको तर्क प्राचार्य टीकाराम पुरीको थियो । उनले भने,‘हामी चाहन्छौं , हाम्रा बालबालिका शैक्षिक ज्ञानबाट मात्र नभई व्यवहारिक र नैतिक ज्ञानबाट पनि निपुण हुन् ।’ उनका अनुसार, बालबालिका र शिक्षक शिक्षिका केन्द्रित तालिमहरु समय–समयमा प्रदान गर्दै जाँदा सवैमा सकारात्मक परिवर्तन आएको छ । बालबालिका र शिक्षक शिक्षिकाबिचको सम्बन्ध साथीसरह बन्दै गएको छ । यसले बालबालिकाले कमजोरी सहजै स्वीकार्ने, समस्याहरु तत्काल सुनाउने र आफ्ना उत्सुकताहरुको समाधान खोज्ने प्रवृत्ति बढ्दै गएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्