दिक्तेलको सोल्मामा आगलागी, एक घर जल्याे

<span class='c1'>दिक्तेलको सोल्मामा आगलागी,</span> <span class='c2'>एक घर जल्याे</span>

खोटाङ, २२ मंसिर । चुलोबाट उठेको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–२ सोल्माकी भौलासरी राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

शनिबार दिउँसो अचानक चुलोबाट सल्किएकाे आगोले राईको घर पूर्ण रुपमा जल्दा ३ लाख बराबरको क्षति भएको  छ । राईको घरमा लागेको आगो नियन्त्रणमा लिन नसकेपछि प्रहरी र स्थानीयवासीको सहायतामा नजिकका अन्य घरहरुलाई जोगाउँन सफल भएकोे वडा नम्बर–२ का वडाध्यक्ष हर्क खत्रीले जानकारी दिए ।

आगलागी पीडितलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा नम्बर–२ को वडा कार्यालयले तत्काल राहत प्रदान गरेको छ । नगरपालिकाले ३० हजार र वडा कार्यालयले १० हजार राहत प्रदान गरेको हो । आगलागी पीडितलाई वडा नम्बर –२ का स्थानीयले निर्माण गरेको विपत व्यवस्थापन कोष मार्फत पनि ५ हजार सहयोग गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्