पुरातन उद्यमशैलीलाई आधुनिकीकरण गर्नुपर्नेमा वन मन्त्री कुसियतको जोड

<span class='c1'>पुरातन उद्यमशैलीलाई आधुनिकीकरण गर्नुपर्नेमा</span> <span class='c2'>वन मन्त्री कुसियतको जोड</span>

विराटनगर, २२ मङ्सिर । प्रदेश नम्बर एकका उद्योग वाणिज्य, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले समयानुकूल उत्पादनमा जोड दिन वन पैदावार व्यवयायीलाई आग्रह गरेका छन्।विराटनगरमा शनिबार नेपाल वन पैदावार व्यवसायी संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै कुसियतले पुरातन समयदेखि चल्दै आएको उद्यमशैलीलाई आधुनिकीकरण गर्दै अघि बढ्नुपर्नेमा सुझाव दिएका हुन्।

कुसियतले हरियो वन नेपालको धन भनेझैँ वन–जंगलको संरक्षण र सम्बर्द्धन गर्न सबैमा आग्रह गरे। कार्यक्रममा वन जंगलको सही रुपमा सम्बर्द्धन गर्न सके आर्थिक समृद्धिमा त्यसले फाइदा पुग्ने मन्त्री कुसियतले बताए। हाल विदेशी भूमिबाट ठूलो मात्रामा आयात हुँदा नेपाली रुपैयाँ विदेशिरहेको सन्दर्भमा कुसियतले काठजन्य सामग्रीको आयात रोक्ने र स्वदेशमै गुणस्तरीय उत्पादन बढाउनेतर्फ व्यवसायीले ध्यान दिनुपर्ने जोड दिए।यद्यपि, वन पैदावार मोरङका अध्यक्ष सीताराम अग्रवालले बिक्री प्रक्रिया झन्झटिलो, काठदाउरा कटान समयमा हुन नसक्ने, माग र आपूर्तिबीचको दूरी कम गर्न आफूहरुले काठ विदेशबाट आयात गर्नुपर्ने बताएका थिए। कुसियतले भने, ‘वनसम्बन्धी नीति नियम सहज बन्न सके केहीहदसम्म आयातलाई न्यून गर्न सकिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्