एनआईसी एशिया बैंक ओखलढुङ्गाको कुन्तादेवी पसलडाँँडामा

<span class='c1'>एनआईसी एशिया बैंक</span> <span class='c2'>ओखलढुङ्गाको कुन्तादेवी पसलडाँँडामा</span>

बिराटनगर मङ्सिर २३ , शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे यस एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा आफ्नो बीसौं शाखारहित बैंकिङ्ग सेवा मंसिर २१ गतेबाट संचालनमा ल्याएको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन यज्ञराज सुनुवारले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंकद्वारा नियुक्त गरिएको छ ।  शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्