पाँचथरमा पानी बिक्री गरेर दुई महिनामा साढे ४ लाख बढी आम्दानी

<span class='c1'>पाँचथरमा पानी बिक्री गरेर दुई महिनामा</span> <span class='c2'>साढे ४ लाख बढी आम्दानी</span>

पाँचथर मङ्सिर २४ । सुख्खाग्रस्त क्षेत्र दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकाले पानी बिक्री गरेर साढे दुई महिनामा साढे ४ लाख बढी आम्दानी गरेको छ ।

गाउँपालिकाको ट्यांकरबाट नागरिकलाई वितरण गरिएको पानीबाट अढाइ महिनामा ४ लाख ७५ हजार रुपैयाँ संकलन भएको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले बताए । गाउँपालिकाले ८ असोजदेखि १५ मंसिरसम्ममा ६ लाख ६८ हजार पानी वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईले बताए ।

कुम्मायक गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ का नागरिकलाई गाउँपालिकाले ट्यांकरमार्फत पानी वितरण गर्दै आएको छ । गाउँपालिकाले नागरिकलाई प्रतिलिटर ६० पैसामा पानी वितरण गर्दै आएको छ । खुख्खाग्रस्त क्षेत्रमा नजिकका पानीका स्रोत सबै सुकेपछि नागरिकले किनेर पानी प्रयोग गर्नु परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्