ईलाममा आगलागी, १८ लाखको क्षति

<span class='c1'>ईलाममा आगलागी, १८</span> <span class='c2'>लाखको क्षति</span>

ईलाम, मंसिर २५ गते ।

ईलामको माई नगरपालिका-३ कमलटारमा आइतवार आगलागी हुँदा अन्दाजी १८ लाख मूल्य बराबरको क्षति भएको छ ।

सोमवार राती १० बजे माई नगरपालिका-३ कमलटारका ७० बर्षीय दिलबहादुर लावतीको काठ र टिनको छानो भएको ३ तले घरमा बिद्युत सर्ट भई अचानक आगलागी भएको थियो ।

आगलागीबाट घर, घर भित्र रहेको खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

आगलागी भएको भन्ने खबर प्राप्त भएसँगै तत्काल प्रहरी चौकी दानाबारीबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा राती आगालगी पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्