कोशी अञ्चल अस्पतालमा निःशुल्क भोजन शिवीर संचालन

<span class='c1'>कोशी अञ्चल अस्पतालमा निःशुल्क</span> <span class='c2'>भोजन शिवीर संचालन</span>

विराटनगर, १ पुस ।
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले विराटनगरमा निःशुल्क भोजन शिवीर संचालन गरेको छ । आयोजक युवा परिषदको मोरङ जिल्ला कार्यसमिति र प्राथमिक समिति विराटनगरले स्थानीय कोशी अंचल अस्पताल परिसरमा निःशुल्क शाकाहारी भोजन शिवीर संचालन गरेको हो ।
अस्पतालमा उपचार सेवा लिन आएका विरामी र तिनका कुरुवासमेत गरी २ सय ५० जना बढीले भोजन ग्रहण गरेको आयोजक संस्थाका अध्यक्ष गोकुल कोइरालाले जानकारी दिए । श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका प्रवर्तक महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी महोत्सवको अवसरमा समितिले विभिन्न सार्वजनिक स्थलहरुमा नियमित निःशुल्क भोजन शिविरको आयोजना गर्दै आएको छ । समितिले प्रत्येक साता शनिबार मठमन्दिर, अस्पताल, ज्येष्ठ नागरिक र बालसेवा आश्रमहरुमा शिविर आयोजना गर्दै आएको जनाइएको छ । भोजन शिवीरमा नेपाल पेट्रोलियम ढुवानी चालक संघ र दि टि टाइम टक ग्रुपले आर्थिक सहयोग गरेको परिषदले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्