झापामा यसवर्ष धान उत्पादनमा वृद्धि, ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढ्यो

<span class='c1'>झापामा यसवर्ष धान उत्पादनमा वृद्धि, ७ हजार</span> <span class='c2'>५२५ मेट्रिक टन धान उत्पादन  बढ्यो</span>

झापा, पुस २ , झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले बताउनुभयो ।

धान उत्पादन वृद्धिसँगै झापामा धानको उत्पादकत्वमा पनि वृद्धि भएकोे छ । अघिल्लो वर्ष ४ दशमलब ६९ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको थियो । यस वर्ष ४ दशमलब ८ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको बताइएको छ ।

उन्नत बीउ, आधुनिक प्रविधि, किराको प्रकोप कमीका कारण यस वर्ष उत्पादनमा बढेको हो । झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्न उपयुक्त मानिएको छ । जसमा यस वर्ष ८७ हजार ६२ दशमलब ५ हेक्टरमा धान लगाइएकोमा ७ लाख १७ हजार ९ सय मेट्रिक टन उत्पादन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्