सप्तरीमा आगलागी: ६ घर जलेर नष्ट ,२० लाख मूल्य बराबरको क्षति

<span class='c1'>सप्तरीमा आगलागी: ६ घर जलेर नष्ट</span> <span class='c2'>,२० लाख मूल्य बराबरको क्षति</span>

राजविराज, पुस २ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर २० लाख मूल्य बराबरको क्षति भएको छ ।

विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको गोठ घर नष्ट हुनका साथै ४ वटा पशुचौपाया जलेर मरेको छ ।

आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिने किसुन राय, अजयकुमार राय, रामचन्द्र राय र अहिल्यदेवी रायको १/१ वटा घर तथा २२ वटा पशुचौपाया, नगद, अन्नपात, गरगहना, लत्ताकपडा, फर्निचर लगायतका सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा ४ घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्