पप्पु कन्ट्रकसनको लापरवाही धरान–गाईघाट–सिन्धुली–हेटौंडा सडकमा पनि, ७ बर्ष भयाे पुल बनेन

<span class='c1'>पप्पु कन्ट्रकसनको लापरवाही धरान–गाईघाट–सिन्धुली–हेटौंडा सडकमा पनि,</span> <span class='c2'>७ बर्ष भयाे पुल बनेन</span>

सिन्धुली, ३ पुस ।  ठेकेदार कम्पनी पप्पु कन्ट्रकसनको लापरबाहीका कारणा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग अन्तर्गतको सिन्धुलीको कमला नदीमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ। निर्माण कम्पनीको लापरबाहीका कारण पाँच वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल ७ वर्ष बित्दासमेत ५० प्रतिशत काम सम्पन्न हुन नसकेको हो।  ५ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलको अहिलेसम्म ५० प्रतिशत पनि काम नसकिएको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाले जनाएको छ। २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु लुम्बिनी जेभीले २०६८ असार ३१ गते सम्झौता गरी काम सुरु थियो।

सम्झौताअनुसारको समयभित्र पुल निर्माण नसकिएपछि एक वर्षको म्याद थप गरे पनि सन्तोषजनक प्रगति नदेखिएको चतरा–सिन्धुली–हेटौंडा सडक आयोजना पूर्वी खण्डका इन्जिनियर शम्भु आचार्यले बताए। ‘पुल निर्माणको कामलाई तीव्रता दिन हामीले ताकेता गरिरहेका छौं। पप्पुले विभिन्न बहाना देखाएर काममा ढिला सुस्ती गरेर अहिले काम राकिएको छ’, उनले भने। सम्झैताअनुसार तोकिएको समयमा कम्पनी पुल निर्माण सम्पन्न गर्न नसकेपछि २०७४ साल साउन १४ गते सम्मको म्याद थपिएको थियो। त्यो थपिएको म्यादमा पनि पुल निर्माण सम्पन्न हुन सकेन। कम्पनीको थपिएको म्याद २०७४ साउन १४ गते सकिए पनि फेरि म्याद नथपिएको र  कम्पनीले दैनिक जरिवानामा काम गर्नु पर्ने इन्जिनियर आचार्यले बताए। उनले भने ‘कारबाही गर्नुपर्ने विभागले हो, हामी त फिल्डमा खटिएर काम गर्ने कर्मचारी हौँ।’

दूधौली नगरपालिकाको वडा नं. २ र ३ जोड्ने गरी कमला नदीमा निर्माणाधीन कुल लम्बाई ५४६ मिटरको पुल एसियाली विकास बैंकको अनुदान सहयोग करिब ३१ करोड रुपैयाँ लागतमा निर्माण सुरु भएको हो। ठेकेदारकै लापरबाहीका कारण निर्माण सुरु गरेको सात वर्ष बित्दा पनि पुल सम्पन्न हुन नसकेको दूधौली नगरपालिका २ का अध्यक्ष रितेस राउतले बताए। उनले भने ‘ठेकेदारको लापरबाहीले नै पुल निर्माण निकै सुस्त छ। फिल्डमा जिम्मेवार कुनै पनि व्यक्ति भेटिँदैनन् । पिल्लर उठाउने काम गरेका छन्, अरु काम बाँकी छ।’ अहिलेसम्म १४ वटा पिल्लरमध्ये दुईवटा पिल्लरमा स्ल्याब हालिएको छ। जनताको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध जोडिएको पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुनु पर्ने उनको माग छ। अहिलेसम्म अर्को निर्माण कम्पनीलाई ठेक्का नदिएको हुँदा पुल निर्माणको बाँकी काम पनि सोहीले नै सक्नुपर्ने उनले बताए। कमला नदीमा वारपार गर्न पुल नहुँदा बर्सेनि वर्षाको मौसममा बगेर कम्तीमा पनि आधा दर्जन मानिसको ज्यान जाने गरेको स्थानीय बासीन्दाको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्