कम तौलको सिमेन्टको बोरा बरामद

<span class='c1'>कम तौलको सिमेन्टको</span> <span class='c2'>बोरा बरामद</span>

बिराटनगर/ साउन १ | मोरंङको बनिगामा ४ नेता चौकमा रहेका पशुपतिहार्डवेयर बाट शालिमार सिमेन्टको कम तौल भएको २६ बोरा सिमेन्ट बरामद भएपछि गोदाम मा सिलबन्दी गरेको छ ।  बिराटनगर नापतौल बिभाग मधेशी जनअधिकार फोरम मधेश जिल्ला समिती मोरंङ र हरैचा जनपथ प्रहरीको संयूक्त टोलीले शालीमार सिमेन्टको गोदाम मा छापामारी सिलबन्दी गरेको हो । स्थानीय जनता ले प्रयोग गर्न लगेको र तौलमा संका लागेपछी संयूक्त टोली ले छापा मारेपनी शालीमार सिमेन्टको प्रतिनीधी ले भने कम्पनी को गल्ती लाइ लुकाउन बोरा च्यातेर तौल मा कमी भएको भन्दै नापतौल बिभाग लाइ आँखामा छारो हालेका थिए । स्थानीय फोरम मधेश को सकृयतामा गोदाम लाइ छापा मारेपछी स्थानीय बजार मा समेत केहिबेर आतंक मच्चीएको थियो । बिराटनगरको गोएल हार्डवेयर बाट शालीमार सिमेन्ट पुर्वको बिभिन्न स्थानमा पुर्याउने गरेको र पशुपती हार्डवेयरमा पनी गोएल हार्डवेयर बाट नै सामान सपप्लायर हुने गरेका हार्डवेयर को संञ्चालक जोगिन्दर शाहले बताए । सिमेन्टको बोरामा प्रत्येक बोरा बराबर १४ केजी कम भएको र कम्पनी को बोरामा ब्याज नंम्बर सम्म उल्लेख नभएको ले गोदाम लाइ पुर्णरुपमा सिल गर्नु परेको नापतौल कार्यालय बिराटनगर ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्